ताजा समाचार

प्रधानमन्त्री ओलीलाई राजपाको यस्तो धम्की, माग पुरा नभए…

काठमाडौं । संविधान संशोधनमा सरकारले ढिलाइ गरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिने तयारी थालेको जानकारी राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरु प्रधानमन्त्रीलाई भेट्न मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास वालुवाटार पुगेका हुन् ।

संविधान संशोधनलगायतमा माग पूरा गर्ने शर्तमा सरकारलाई समर्थन गरेको राजपाले आफूहरुको माग पूरा नभएको भन्दै समर्थन फिर्ता लिनेसमेत चेतावनी दिएको छ ।

मंगलबार त्यसै विषयमा छलफल हुने एक नेताले बताए । छलफलमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org