ताजा समाचार

मनाङ दुई खेल अघि नै च्याम्पियन बन्ला ? आज खेलले हुने छ छिनोफानो

काठमाडौं । लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हुने खेलमा संकटा क्लबलाई पराजित गरे दुई खेल अघि नै उपाधि जित्ने छ ।

ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आज लिगको शीर्ष स्थानमा रहेको मनाङ र लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलमा मनाङले जित हात पारे कीर्तिमानी जितसँगै मनाङले उपाधि उचाल्ने छ ।

यदि मनाङ संकटा क्लबसँग बराबरी वा पराजित भएमा संकटा र थ्रीस्टारको उपाधि यात्रा कायमै रहने छन् । १०औं खेलसम्म लगातार जित हात पारेको मनाङले ११औं खेलमा पनि शतप्रतिशत जित हात पार्ने लक्ष्यमा रहेको छ ।

संकटा क्लब पनि बलियो प्रतिद्वन्द्वी हो । संकटाले जारी लिगमा पनि निकै राम्रो प्रदर्शन गर्दै आएको छ ।

मनाङको १० खेलबाट ३० अंक रहेको छ । संकटाको भने १० खेलबाट २५ अंक रहेको छ । मनाङभन्दा संकटा पाँच अंकले पछि परेको छ । त्यस्तै लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको १० खेलबाट २३ अंक रहेको छ ।

आजै हुने पहिलो खेलमा विभागीय टिम एपीएफ क्लब र च्यासल युथ क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ । विहान ११ बजे हुने खेलमा दुवै टिम जितको खोजीमा हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org