‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।
त्यस्तै खेलको ४१आँै मिनेटमा पाएको पेनाल्टीलाई एपिएफका खेलाडी सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे । एपिएफका हरि कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो ।
खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो । एपिएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।
खेलको ७७औँ मिनेटदेखि च्यासल १० खेलाडीमा सीमित बनेको थियो । च्यासलका गौरव बुढाथोकीले दुई वटा पहँेलो कार्डसहित रातो कार्ड पाएपछि च्यासल १० खेलाडी सीमित बनेको हो ।
खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए । यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अङ्क जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अङ्क भएको छ ।
Comments
अरु समाचार
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...
-
आईपिएल: पञ्जाब किंग्सलाइ मुम्बई इन्डियन्सले ९ रनले हरायो
काठमाडौं। पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति टस हारेर सुरुमा ब्याटिङको...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
साउदी अरेबियालाई छ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलन प्रवेश
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ...
-
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।...
-
एसीसी प्रिमियर कपमा आज नेपाल र साउदीबीच भिडन्त
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक...
-
आईपीएलमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, आज कोलकता र राजस्थान खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ । गए राति हैदराबादले...
-
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल...