ताजा समाचार

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पारित

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को स्थायी कमिटी बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ । शुक्रबार बसेको बैठकले प्रतिवेदन पास गरेको नेता झलनाथ खनालले जानकारी दिए । नेताहरुका अनुसार परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ । साथै संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org