ताजा समाचार

सशस्त्रका ८ एसपीलाई एसएसपी बनाउन गृहको सिफारिस

काठमाडौँ ।  सशस्त्र प्रहरी बलका ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न गृह मन्त्रालयले सिफारिश गरेको छ ।

विहिबार गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीका ८ एसपीलाई एसएपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्रको साधारण समूहका ८ जना एसपीलाई शसस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को १ ख बमोजिम बढुवाका लागि सिफारिश गरिएको हो ।

एसएसपीमा सिफारिश भएका एसपीहरुमा क्रमश भगवान मल्ल, भिम बहादुर थापा, कालिदाश धौवजी, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल र इन्द्रराज कार्की रहेका छन् ।

बढुवाको सुचीमा परेका एसपीहरुको बढुवा सिफारिशबारे चित्त नबुझेमा ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी गर्न आह्वानसमेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org