फेसबुकमा कस्तालाई साथी बनाउने, कस्तालाई नबनाउने ?
स्टाटस बाबा र बज्यै : यस्ता व्यक्ति जो मिनेट–मिनेटमा स्टाटस अपडेट गर्छन् । जे कुरामा पनि बीचमा बोलिहाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरिहाल्नुपर्ने यिनीहरूको बानी हुन्छ । यिनीहरूलाई हटाउनु पर्दैन । यिनीहरूबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ ।
अवस्थाकारी : यो वर्गमा पर्नेहरूले जे काम गरे पनि फेसबुकमा हाजिर गरिहाल्छन् । खाँदै गरेको अवस्था, पिउँदै गरेको अवस्था, सुत्न लागेको अवस्था, निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मानिसलाई नहटाउँदा पनि हुन्छ, किनभने यिनका पोस्टबाट कहिलेकाही हाँस्ने मौका मिल्छ ।
चियोचर्चोकार : यस्ता मानिसहरू आफूले फेसबुकमा कुनै अपडेट गर्दैनन् तर अरूका प्रोफाइल र तस्बिरहरू खोजीखोजी हेर्छन् । अरूकै बारेमा चियो गर्न उनीहरूले फेसबुक खोलेका हुन्छन् भन्दा फरक नपर्ला । चाहे जतिसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस्, उनीहरूले लाइक, कमेन्ट र सेयर गर्लान् भनेर आशा नगरे हुन्छ ।
स्टाटस चोर : यिनीहरूले अरुका राम्रा–राम्रा स्टाटस चोरेर आफ्नो टाइम लाइनमा कपी पेस्ट गर्छन् । यस्तालाई हटाउने मात्र होइन, ब्लक नै गरी दिए पनि हुन्छ । यिनीहरूलाई बौद्धिक चोर पनि भनिन्छ ।
बिजनेसखोरी : यो कोटीमा पर्ने मानिसहरूले सधै फेसबुकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो होटलमा यति छुट छ, मेरो कन्सल्टेन्सीमा आउनु, मेरो ट्रेनिङ सेन्टरमा निमन्त्रणा आदि । हुन त सामाजिक सन्जालबाट व्यवसायिक फाइदा लिनु राम्रो हो तर सधंै त अरूलाई पनि वाक्क लाग्छ नि हौ ।
हनुमानगिरी : यी यस्ता व्यक्ति हुन्, जो आफ्नो आङमा भैंसी हिँडेको देख्दैनन् अरूको जुम्रा पनि देख्छन् । कुनै पार्टी र कुनै नेता वा कुनै व्यक्तिविशेषलाई भगवान् मान्छन् । यिनीहरूका लागि उनीहरूको बोली नै महान्वाणी हुन्छ । यिनीहरूलाई राख्न वा हटाउन जे मन लाग्छ त्यही गर्न सकिन्छ ।
क्यान्डिक्रस क्रेजी : कहिलेकाहीँ नोटिफिकेसन आउँछ अनि खोलेर हेर्दा फलानो invited you to play candy crush भन्छ । यदि यस्तो आयो भने त्यो व्यक्तिलाई सिधै ब्लक नगर्नुहोला किनभने त्यो भाइरसले गर्दा पनि हुन सक्छ । कहिलेकाहीं क्यान्डी क्रस खेल्नेहरूले आफ्नो लेवल बढाउन निमत्रणा पनि पठाउँछन् । यिनीहरूका लागि नोटिफिकेसन अफ गरिदिए पुग्छ ।
सेयरवाला : यस्ता व्यक्ति सिर्फ अरूको स्टाटस र पोस्टहरू सेयर गर्छन् । यिनीहरूलाई जसले जे लेख्यो, पोस्ट गर्यो मतलब हुँदैन सिर्फ राम्रो–राम्रो पोस्ट सेयर गर्न पाए पुग्छ । यस्तालाई हटाउनु हुँदैन, आफ्नो फेसबुके कृति फैलाउने यिनीहरू नै हुन् ।
लाइकवाला/वाली : यस्ता व्यक्तिले जसले जे लेखोस्, जे पोस्ट गरोस् तुरुन्त लाइक दिइहाल्छन । यिनीहरूलाई राख्नुपर्छ । आफ्नो पोस्टमा लाइक बढाउने यिनीहरूले नै हो ।
नेगेटिभ माइन्ड : यो वर्गमा पर्ने मानिसहरू सधैं अरूको आलोचना र गाली मात्र गरेर स्टाटस लेख्छन् भने अरूको पोस्टमा पनि सधैं नकारात्मक कमेन्ट गर्छन्— गोली हान्दे, फाँसी दे, काटी दे आदि । यस्ता मानिसलाई फेसबुकबाट हटाइदिनु राम्रो, किनभने फेसबुक पनि एउटा समाज हो, त्यसैले त यसलाई सामाजिक सञ्जाल भनिन्छ । खराब व्यक्तिको संगतले हामीमा पनि कुप्रभाव पर्छ ।
सनसनीप्रसाद : यस्ता मानिसहरू सनसनीपूर्ण हल्ला फैलाउन रुचाउँछन् । कुनै ठाउँमा गाडी पल्टेर दुई जना घाइते भएका छन् भने दुई दर्जन मरे भनेर लेख्छन्, कुनै सडक दुर्घटनामा वीभत्स रगत तथा लासहरूको तस्बिर खोजीखोजी सेयर गर्छन् । एउटा घर आगोले जलेको छ भने पूरै गाउँ आगोले सखाप भनेर लेख्छन् । कहिलेकाहीँ त ठीकै हो तर सधैं यस्ता सामग्री सेयर गर्ने मानिसहरूलाई फेसबुकबाट हटाएकै राम्रो किनभने नराम्रो समाचारले आफ्नो पनि दिन खराब हुन्छ ।
गुनासोगिरी : यो कोटीका मानिसहरू सधैं गुनासो गर्छन् । बिजुली गयो उफ, मोबाइलमा चार्ज सकियो उफ, गर्मी भयो उफ, पेट दुख्यो उफ, झरी पर्यो उफ, हावा चल्यो उफ ! यस्ता कुराले आफ्नो पनि मनस्थितिमा प्रभाव पार्ने भएकाले यस्ता मान्छेलाई फेसबुकबाट हटाउनु नै बेस हुन्छ । साप्ताहिकबाट
Comments
अरु समाचार
-
आजको राशिफल :२०८१ वैशाख १४ गते शुक्रवार
मेषःआफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...