ताजा समाचार

‘असई हुँ’ भन्दै लाखौंको ठगी गर्ने पक्राउ

काठमाडौँ।  निर्मला प्रकरणदेखि सुन काण्डसम्म बदनामी त प्रहरीले खेपी नै रहेको छ। यतिमात्र होइन, अहिले प्रहरीको नाम बेचेरसमेत ठगी हुँदा प्रहरी थप प्रताडित बन्नु परेको छ।

‘म नेपाल प्रहरीको असई हुँ’ भन्दै कसैले तपाईँलाई सरकारी जागिर लगाइदिन्छु भन्दा तपाईँ पत्याउनुहुन्छ? अनि हजारौँ रकम बुझाउन नि तयार हुनुहुन्छ?

पोखरामा यसरी नै जागिर लगाइदिन्छु भन्नेले लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ। महानगरपालिका वडा नम्बर १५ काजीपोखरीका २८ वर्षीय जीवन गुरुङले करिब डेढ वर्षदेखि यसरी नै आफूलाई नेपाल प्रहरीको असई हुँ जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध अहिलेसम्म २९ जनाले ठगी गरेको भन्दै उजुरी दिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

गुरुङलाई असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ भन्दै नगद तथा जिन्सी सामान असुल्दै हिँड्ने गरेको भेटिएको हो।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट असई सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई  काठमाडौंको गंगबुमा लुकीछिपी बसिरहेको अवस्थामा गत बुधवार पक्राउ गरेको हो।

गुरुङले अहिलेसम्म २९ जना व्यक्तिबाट एकासी लाख रुपैयाँ ठगी गरेको बुझिएको छ। ‘८१ लाख रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ। तर उसको साथबाट अहिले पैसा भने बरामद गर्न सकिएको छैन।‘ गुरुङले ठगीबाट पाएको पैसा डिस्को र विलासीबस्तुमा खर्च गरेको भेटिएको हो। उनले प्रहरीको काम गर्न भन्दै आफूलाई हाइफाइ देखाउन भाडामा कारहरू लिई हिड्ने गरेको निरीक्षक सुवेदीले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org