रमेश विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन
काठमाडौँ । साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उहाँको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन गरियो ।
प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहनुभएकामा जोड दिनुभयो ।
“साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण, समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको कदर गर्दै साहित्यिक प्रतिभा जारी रहनेछ”, उहाँले भन्नुभयो ।
सांसद कृष्ण राईले विकल जनताको साहित्यकार बन्न सफल हुनुभएको स्मरण गर्नुभयो । पूर्वमन्त्री अम्बिका बस्नेतले साहित्यिक प्रतिभाको खोजीमा सरकार सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विकलले साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकासप्रेमी साहित्यकार विकल उपत्यकाको पूर्वोत्तर भेगको मात्र नभई देशकै नक्षेत्र हुनुभएको सुनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र वरिष्ठ पत्रकार विजय चालिसेलगायतका व्यक्तित्वले उहाँले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
सो अवसरमा विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरियो । कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।
यसैगरी हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गरियो । वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ दिइएको थियो ।
सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिएको थियो ।
प्रतिष्ठान कार्यसमितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रह्लाद पोखे्रल र सीता भट्टराई सदस्य रहनुभएको सिफारिश समितिको सिफारिशका आधारमा पुरस्कार प्रदान गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
प्रतिष्ठान भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित विकलको पुख्र्यौली थलोमा निर्माण भएको हो । भवन निर्माणसहित आन्तरिक साज सज्जाको काममा रु एक करोड ४८ लाख ५० हजार खर्च भएको प्रतिष्ठानले जनाएको छ । भवन निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी रु ७० लाख सहयोग प्राप्त भएको थियो ।
राष्ट्रिय योजना आयोगबाट रु पाँच लाख, काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु ४० लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाबाट रु १८ लाख, दाता प्रभात लामा र गोपाल दङ्गालबाट एकमुष्ट रु १५ लाख तथा प्रतिष्ठानका महासचिव चालिसेबाट पनि रु ५० हजार प्राप्त भएको थियो ।
कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिनुभएका विकलको चित्रकला र सङ्गीतमा पनि विशेष रुचि थियो । ‘अविरल बग्दछ इन्द्रावती’, ‘नयाँ सडकको गीत’, ‘आज फेरि तन्ना फेरिन्छ’ जस्ता कालजयी रचनाका स्रष्टा विकल लेखनसँगै सम्पादनमा पनि सक्रिय हुनुहुन्थ्यो ।
भवन निर्माणमा विशेष सहयोग गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख चालिसे र प्रमुख सल्लाहकार दीपक रिसाललाई सो अवसरमा सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...