हुथी विद्रोहीहरु होडेडाबाट फिर्ता हुनेक्रम शुरु : राष्ट्रसङ्घ
दुबई, रासस/एएफपी– यमनको प्रमुख नाकाका रुपमा रहेको होडेडा बन्दरगाह शहर कब्जा गरेर बसेका यमनी विद्रोही समूहहरु युद्धबिराम सम्झौता अनुसार उक्त शहरबाट फिर्ता हुन थालेको राष्ट्रसङ्घका एक अधिकारीले बताउनुभएको छ ।
नाम बताउन नचाहने ती अधिकारीले शुक्रबार मध्यरातबाट हुथी विद्रोही समूह होडेडाबाट फिर्ता हुन थालेको बताउनुभयो ।
हुथी विद्रोहीद्वारा सञ्चालित साबा समाचार संस्थाले एक विद्रोही नेताको भनाई उद्धृत गर्दै हुथी विद्रोही समूहले पहिलो चरणको फिर्ता थालिसकेको जनाएको छ । एएफपीका संवाददाताका अनुसार विद्रोहीले एक समारोहको आयोजना गरी होडेडा छाड्न थालेका थिए ।
विद्रोहीले होडेडा शहर छाडेसँगै भोकमरीको समस्यामा रहेका झण्डै १ करोड ४० लाख मानिसलाई खाद्यान्न सहयोग गर्न सकिनेछ । राष्ट्रसङ्घको अगुवाईमा भएको युद्धबिराम गत डिसेम्बर ८ बाट कार्यान्वयनमा आएको हो ।
उक्त शहरमा रहेका सरकार समर्थित सैनिक पनि फिर्ता हुन लागेका छन् । गत जुन १३ देखि साउदी गठबन्धनको भीषण हवाई आक्रमण पश्चात केही भागमा यमनी सेना तैनाथ छ ।
राष्ट्रसङ्घ सुरक्षा परिषदले गत साता युद्धबिरामको अवस्था अनुगमन गर्न एक टोली होडेडा पठाउन सर्वसम्मत निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ देखि भडकिएको गृहयुद्धका कारण यमनमा १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ ।
Comments
अरु समाचार
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...