ताजा समाचार

९३ हजार डलरसहित पाइलट पक्राउ प्रकरणको सुनुवाई आज

काठमाडौँ ।  नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।

२२ असोजमा सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।

२०७३ चैतमा ९३ हजार ६०० अमेरिकी डलर तस्करी गर्न लागेको भन्दै प्रहरीले पाइलट अवालेलाई पक्राउ गरेको थियो । नेपाल एयरलाइन्सको २२९ विमान काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए ।

पाइलट अवाले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org