ताजा समाचार

‘प्रेमवाणी’ चलचित्रको छायाङ्कन सकियो, नयाँ वर्षमा प्रदर्शन गरिने

काठमाडौँ । प्रेम र युद्धमा कुनै नियमको लागू हुँदैन भन्ने उक्ति त सुन्दै आएकै हौं । यस्तै प्रसङ्गलाई पछिल्लो समय कलिउडमा समेत एक फिल्मी कथामार्फत् समाजको दृश्य देखाइएको छ । जहाँ एक गहिरो प्रेमको सफलताका लागि भयानक युद्ध निम्तिएको छ । उक्त फिल्मको नाम हो ‘प्रेमवाणी’ ।

उम्दा कलाकार दयाराम कार्कीको बेजोड अभिनय रहेको ‘प्रेमवाणी’मा नायिका सन्चिता शाही रहेकी छिन् भने अर्का कलाकार मिथुन हमाल रहेका छन् । नायक दयाराम कार्कीले यस फिल्ममार्फत् प्रेमको परिभाषालाई सहि चरितार्थ गर्न खोजेको बताए । ‘तर, कस्तो क्लाइमेक्स कस्तो कथा कसरी बगेको छ बुझ्न दर्शकले हलसम्मै पुग्नुपर्ने छ ‘ उनले भने । शुशिल फिल्मी प्रोडक्सनको व्यानरमा बन्न लागेको हो भने फिल्ममा लेखन तथा निर्देशन रिभान मल्लले गरेका हुन् भने द्वन्द्व निर्देशन भूमिका श्री श्रेष्ठले गरेका छन् ।

एउटा छुट्टै त्रिकोणात्मक नेपाली कथानक फिल्मले आजको युवा पुस्तामा प्रेमको नाममा फैलिएको आशक्ति यौन र एकोहोरो मनोवृतिलाई उजागर गरेको नायक दायाराम कार्कीले बताए । लभ एण्ड एक्सनको उत्कृष्ट शैलीमा पस्किएको यो फिल्ममा अधिकाशं फाइट कलाकार मार्सल आर्टसका भएकोले रियल फाईटको क्लाईमेक्स देखाइएको निर्माण युनिटको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org