ताजा समाचार

रहेनन् बलिउड अभिनेता कादर खान

 

एजेन्सी ।  बलिउड अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको छ । उनका छोरा सरफराज खानले उनको मृत्यु भएको पुष्टी गरेका हुन् । ८१ वर्षीय काद खान अभिनेताबाहेक डाइलग र पटकथा लेखक पनि थिए ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका कादरकाे स्वास्थ्यको विषय पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा थियाे । पटक पटक उनको निधनको अफवाह फैलिइरहेको थियो ।

८० देखि ९० को दशकमा कादर खान गोविन्दा र अनिल कपुरका साथ धेरै चलचित्रमा अभिनय गरेका थिए । १९७३ मा राजेश खन्नाको फिल्म दागबाट बलिउडमा प्रवेश गरेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org