ताजा समाचार

म्यानपावर व्यवसायी बलबहादुर तामाङविरूद्ध १९ करोड कर छली मुद्दा

 

काठमाडौं । आन्तरिक राजस्व अनुसन्धान विभागले स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरूद्ध कर छलीको मुद्दा लगाएको छ।

तामाङविरूद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

केही समय अघि राजस्व अनुसन्धानले करिब आधा दर्जन म्यानपावर व्यवसायीविरूद्ध छानबिन सुरू गरेको थियो।

केही व्यवसायीले सफाइ पाइसकेका छन् भने केही व्यवसायीमाथिको छानबिन अझै जारी छ।

म्यानपावर व्यवसायीबाट आर्जित आम्दानीमा कर छलेको तथा उनको बैंक खातामा स्रोत नखुलेको पैसा देखिएको आरोपमा राजस्वले अनुसान्धान गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org