ताजा समाचार

मोरटाको दुई गोलसँगै चेल्सी एफए कपको चौथो चरणमा

काठमाडौं ।  चेल्सी इंग्लिस एफए कप फुटबलमा फोरेष्ट क्लबलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले फोरेष्टलाई २–० गोलले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितमा अल्भारो मोरटाले दुई गोल गरे ।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेको थियो । तर खेलको दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । खेलको ४९औं मिनेटमा चेल्सीका लागि मोरटाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ५९ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई दोब्बर अग्रत दिलाए ।

बाँकी समयमा दुवै टिमले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि नै बल नियन्त्रणमा आफ्नो पकड बनाएको चेल्सीले खेलअवधिभर फोरेष्टलाई दबावमा राखेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org