ताजा समाचार

प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा विपक्षीको अवरोध

काठमाडौँ ।  संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेससहितका  विपक्षी सांसदहरुले प्रश्न गर्न नपाएपछि हंगामा भएको छ ।

संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १० महिनामा गरेका कामबारे जानकारी गराएका थिए। उनले प्रतिपक्षी दललाई राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेका थिए।

एक घन्टा बढी सम्बोधन गरेर फर्किएका प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनु पर्ने कांग्रेस सांसदहरूले माग गरे।

सुरूमा सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि अनुमति नदिने बताए। कांग्रेस सांसदहरूले उठेर निरन्तर  विरोध जनाइरहेपछि उनले  सीमित सांसदलाई प्रश्न गर्न दिने भन्दै सांसद मीनेन्द्र रिजाललाई बोल्न समय दिए।

तर कांग्रेस सांसदले संख्या सीमित गर्न नहुने भन्दै विरोध जनाएपछि सभामुख महराले विशेष र शुन्य समयको हटाएर विधेयक प्रस्तुत गर्न अनुमति दिए।

त्यसपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउमा गए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org