ताजा समाचार

सुगतरत्नलाई कालोमोसो दलेको आरोपमा एक पक्राउ

काठमाडौँ ।  नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org