ताजा समाचार

सुनको कच्चा पदार्थको वितरण पहुँचको आधारमा गरेपछि यसरी जंगीए लकान्द्री

काठमाडौँ । सुनको कच्चा पदार्थको वितरण पहुँचको आधारमा गरिएको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले न्युज–नेपालसँग आइतबार कुरा गर्दे नेपाल रत्न अभुषण महासंघले यस वितरण प्रणलीलाई सच्याउनु पर्ने वताएका हुन् ।
‘सुनको कच्चा पदार्थ वितरणको प्रणाली फितलो भएको छ । पहुँचका आधारमा वितरण प्रणली रत्न आभुषण महासंघले रोक्नुपर्छ अध्यक्ष लकान्द्रीले भने, ‘सरकारले दिएको सुनको कच्चा पदार्थ गहना उत्पादन गरेर बजारीकरण गर्न हो । तर महासंघले हस्तकला व्यवसायी महासंघलाई कच्चा पदार्थ छुट्याएर मनपरी गरेको छ । रत्न आभुषण महासंघलाई कच्चा पदार्थ छुट्याउनुले व्यवसायीक उत्तरदायित्व निर्वाह नगरेको देखिन्छ ।’

अहिले अहिले रत्न आभुषण महासंघलाई रत्न छुट्याउन आवश्यक छैन । सुनको कोटाले गर्दा कालो बजारी मौलाएको अध्यक्ष लकान्द्रीको भनाइ छ । उनले फेरि थपे, उनीहरूले व्यवसायको निम्ति भन्दा पनि स्वार्थपूर्तिका निम्ति प्रयोग गरिरहेका छन् । महिनाको तीन किलो सुन व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिंदै आइएको छ । यस रत्न आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको स्वार्थ रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org