ताजा समाचार

विश्व बैंकका अध्यक्षले कार्यकाल बाँकीछँदै राजिनामा दिए, क्रिस्टालिना अन्तरिम अध्यक्ष

न्यूयोर्क २४ पुस । । विश्व बैंकका अध्यक्ष जिम योंग किमले फेब्रुअरी १ बाट आफ्नो पद त्याग गर्ने घोषणा गरेका छन्। सोमबार राजिनामाको घोषणा गर्दै उनले विश्व बैंकको नेतृत्व गर्न पाउनु गौरबको बिषय रहेकोसमेत बताए।

‘विश्व बैंक समूहको काम पहिलेको तुलनामा धेरै नै महत्वपूर्ण हुन थालेको छ। किनभनेर सारा सन्सारमा गरिवहरुको अपेक्षा बढ्न थालेको छ’ उनले भने, ‘जलवायु परिवर्तन, महामारी, अकाल र शरणार्थीजस्ता समस्या बढ्दो छ।’

किन ६ बर्षभन्दा बढि समयदेखि अध्यक्ष थिए। विश्व बैंकका अध्यक्ष प्रायजसो अमेरिकी नागरिक हुने गर्छ। भनिन्छ विश्व बैंक अमेरिका र अन्तर्राष्ट्रिय मुद्र कोष युरोपेली देशहरुले पाउने गर्छन्। विश्व बैंकजस्तो वहुपक्षीय वित्तीय संस्थामा अमेरिकी शेयर सबैभन्दा बढि छ। किमको राजिनामाको निर्णयलाई ब्यक्तिगत भनिएको छ।

विश्व बैंककी मूख्य कार्यकारी अधिकारी क्रिस्टालिना जार्जिवाले १ फेब्रुअरीदेखि किमको काम गर्ने गरी अन्तरिम अध्यक्ष नियुक्त हुनेछिन्। किम भने विकासशील अर्थतन्त्रका आधारभूत संरचनामाथि लगानी गर्ने एक संस्थामा काम गर्ने छन्।

अमेरिकाको वासिङटनमा रहेको विश्व बैंक संन्सारका विकासशील देशहरुको सबैभन्दा ठूलो दाता संगठन हो। यसका कतियपय नीतिहरु विवादास्पद पनि छन्। विश्व बैंकको एक रिपोर्टले नेपालमा ब्यवसायिक वातावरण खस्किँदै गएको टिप्पणीसमेत गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org