ताजा समाचार

‘सालको पात टपरी हुनी’ दुई करोड ‘भ्युज’ नजिक

काठमाडौँ । केही वर्ष पहिलेसम्म नेपालमा हुने सबैजसो साँस्कृतिक कार्यक्रम विहे, भोज, पिकनिक तिज, तिहार जस्ता पर्वहरूमा पनि गाउँ होस या सहर हिन्दी गीत निकै बजाइन्थ्यो । कारण हुन्थ्यो नेपाली गीत राम्रो हुँदैन, नाच्न मिल्दैन । तर गएका केही वर्षमा यो ट्रेन्ड उल्टीएको छ । नेपाली सिनेमा लगायत आधुनिक गीत पनि धरै नाच्ने खालका आउन थालेका छन् । अहिले त्यस्ता कार्यक्रमहरुमा हिन्दी गीत एकदमै कम बज्ने गर्छन् अर्थात नेपाली गीतमा नै धेरै नाचिन्छ । नेपाली गीतमा पनि गएको तीन महिनादेखि एउटा लोक गीतले व्यापक रुपमा बजार लिइरहेको छ । त्यो हो सालको पात । यो गीतलाई अहिलेसम्म   https://www.youtube.com/watch?v=GUV6BJ5MGqE 19,697,154 views पुगेको छ ।

विष्णु माझी र कुलेन्द्र विश्वकर्माको आवाजमा रहेको गीतलाई नवराज पन्तले लेखेका हुन् भने बसन्त थापाले संगीत भरेका हुन् । विष्णु माझी नेपाली लोकगीतमा सबैभन्दा बढी रुचाइएकी गायिका मध्येकी एक हुन् । डेढ दशक भन्दा लामो सांगीतिक यात्रा गरिसकेकी उनी सालको पात आउनुअघि केही समय निस्क्रिय जस्तै भएकी थिइन् । तर यो गीत बजारमा आएसँगै उनको चर्चा पनि चौतर्फि हुन थाल्यो । खासगरी गण्डकी प्रदेशमा सुनिने लोकगीत पुरै देशभरी गुञ्जिनु भनेको लोकगीतका लागि मात्र नभएर पुरै नेपाली संगीत क्षेत्रका लागि खुशीको कुरा हो ।  नेपाली सिनेमाका गीतले युट्युवमा करोड भ्युज कमाउनु खासै ठूलो कुरो मानिँदैन तर लोकगीत जस्ता सिमित श्रोता भएका गीतलाई युट्युवमा करोड भन्दा बढी पटक हेरिनु गौरवको विषय हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org