ताजा समाचार

ललितपुरका मेयरले सबै सडकको पिच बाक्लो गर्न थाले

ललितपुर ।  ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ। महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरियता कायम गर्नका लागि कालोपत्रे (पीच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको हो।

महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा निर्माण हुने सडकमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौतामै मापदण्ड अनिवार्य गरिने बताए। उनले सडक निर्माण वा कालोपत्रे गर्दा त्यो गुणस्तरीय छ वा छैन भनी ल्याब टेष्टको रिपोर्ट समेत निर्माण कम्पनीले अनिवार्य रुपमा दिनुपर्ने बताए।

त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किए के कारणले समस्या आएको हो त्यसको अध्ययन गरेर त्यही निर्माण कम्पनीबाट काम गराइने छ। यदि उसले नमाने बैंक ग्यारेण्टी जफत गरेर काम गरिने जानकारी दिए।

ठेक्का नीतिमै डिफेक्ट लायविलिटी पिरियड (डिएलपी) १ बर्ष हुने भएकाले यसलाई प्रभावकारी रुपमा लागु गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन लागिएको महानगरपालिकाले जनाएको छ।

अहिले नेपालमा एक लेयरमा २० एमएमदेखि ६० एमएमसम्मका सडक बनेका छन्। त्यसमा डिजाईन अनुसार दुई तीन लेयर पनि बनाउन सकिन्छ। १.५ इन्च भनेको करिव ४० एमएम हुन्छ। अब ललितपुरका भित्री सडकहरु पनि हालको भन्दा दोब्बर बाक्लो ( ४० एमएम) हुनेछ। जसको उदेश्य गुणस्तरीय सडक निर्माण गर्नु हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org