ताजा समाचार

सुनचाँदीको कोटा व्यवस्थापनमा फितलो : अध्यक्ष लकान्द्री

काठमाडौँ । सुनचाँदी व्यवसायको कोटा प्रणाली फितलो हुनाले आम व्यवसायीहरूले सास्ती भोग्नु परेको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले बिहिबार न्युज–नेपालसँग कुरा गर्दे सुनको कोटा पारदर्शी रूपमा वितरण नभएको बताएका हुन् ।

‘सदस्य संख्या र पान नम्बरको आधारमा व्यवसाय प्रणाली लागू गरेर सुनको वितरण प्रणाली सहज बनाउनुपर्छ अध्यक्ष लकान्द्रीले भने, ‘हुनेलाई जताततै नहुनेलाई कतै न कतै । कहिले एउटै पसलमा पनि दुई/तीनओटा कम्पनी खोलेर पनि सहज रूपमा कच्चा पदार्थ उपलब्ध गरिरहेको छ । यसका लागि कसैले महिनौ दिनसम्म पनि पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको छ ।’

यसलाई महासंघले तुरुन्त सच्याउनुपर्ने अध्यक्ष लकान्द्री सुझव दिन्छन् । उनी भन्छन्, यसलाई महासंघले सच्याउनु पर्ने आवश्यकता देख्दछु । सच्याएर आम व्यवसायले सहज रूपमा कच्चा पदार्थ पाउनेमा पनि म विश्वस्त छु ।’

‘यसले गर्दा हाम्रो संस्था रत्न आभुषण महासंघले पनि अनावश्यक रूपका संस्थाहरूलाई सुन वितरण गर्दा आम व्यवसायलाई कच्चा पदार्थ उपलब्ध गराउँदा समस्या भोग्नुपरेको छ ’ अध्यक्ष लकान्द्री फेरि थप्छन्, ‘किन भने व्यवसायीक गहना उत्पादनका लागि भनेर सरकारले छुट्याएको कच्चा पदार्थ हो । यसलाई बेलैमा बुझेर तत्काल रत्न व्यवसायी संघलाई कच्चा पदार्थ दिन रोक्नुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org