ताजा समाचार

राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड आयोजना हुदैँ

काठमाडौँ ।  सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालले (एससीडब्लूसी) यहि पुष २७ गते राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम आयोजना गर्दै छ ।

परिषदकी उपाअध्यक्ष रिता भण्डारीका अनुसार अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धि महिला उद्यमीहरु मध्ये एक जना लाई सर्वोकृष्ट नेपाली उद्यमीको उपाधी  उक्त कार्यक्रममा दिइनेछ ।

यस पुरस्कार प्राप्त गर्ने बिजेताले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।

सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ आयोजनाको मुख्य उद्देश्य सार्क क्षेत्रका यस्ता महिलाहरुलाई सम्मान गर्नु हो जसले सृजनशिल भई आफ्नो राष्ट्रको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका छन्  ।

सार्क (SAARC) चेम्बर (Chamber) महिला उद्यमी परिषद सार्क चेम्बर अफ कमर्स एवं इन्डस्ट्रिको एउटा गतिशिल र सक्रिय परिषद हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org