ताजा समाचार

न्याय र पैसाका बिचमा कुरा बाझिँदा पन्त परिवारमा कलह

काठमाडौँ । तीन तहको सरकारले गरेर करिब १८ लाख रकम राहत स्वरूप दिने भएपछि निर्मला पन्त परिवारमा कलह बढेको छ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले राहत लिने विचार गरेकी छिन् भने निर्मलाका बुबा र कान्छि आमा राहत रकम नलिने मनस्थितिमा छन् । दुर्गा देवीले न्यायका लागि हारगुहार गरेर हैरान भएको भन्दै कति आन्दोलन गर्नु भनेर राहत रकम लिन लागेको बताएकी छिन् । तर यो रकम लिने विषयले गर्दा आफूलाई पतिले हातपात गरेको बताइन् । निर्मलाका बुवा यज्ञराज र कान्छि आमा अहिले पनि धर्नामै बसेका छन् । उनीहरूले निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान राखेका छन् । निर्मलाकी कान्छि आमा लक्ष्मी पन्तले हत्यारा पत्ता लगाउन नजिक पुगेको बेला राहत दिएर हत्यारालाई बचाउन खोजेको आरोप लगाइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org