ताजा समाचार

प्रभु बैंकले ल्यायो इएमभी चिप मास्टर कार्ड सञ्चालनमा

काठमाडौं। प्रभु बैंकले मास्टर कार्ड सञ्चालनमा ल्याएको छ। डिजिटल पेमेन्ट क्षेत्रमा ख्याति प्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र प्रभु बैंकको साझेदारीमा इएमभी चिप कार्ड सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कायर्कारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ कारोबार गर्न सक्ने बताए।

मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा कार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी ब्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टरकार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org