ताजा समाचार

‘ज्यानमारा’ छाउगोठ भत्काइयो

काठमाडौँ  ।  बढीनन्द, ९ आउँपानीको छाउगोठ स्थानीयले भत्काएका छन् । मंगलबार राति त्यही छाउगोठमा निसानिस्सएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोरालाई मृत्यु भएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

‘मृतकको परिवारकै सदस्य रहेका वडाध्यक्ष खड्क बोहोरा र गाउँका महिलाहरुले शुक्रबार गोठ भत्काए,’ स्थानीय रिउली बोहरालाई भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे ।’

गाउँको अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन् । घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन् । ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन्,’ उनले भनिन् अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ?’

देउती रिसाउछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन् । रिउलीले अबदेखि आफू भने जसले जे भने पनि गोठमा नजाने र घरमै बस्ने बताइन् ।

बाँकी गोठ पनि भत्काउपर्छ । अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यलाई बुझ्दैनन्,’ उनले भनिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org