ताजा समाचार

सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदैनन्ः अमेरिकी विदेशमन्त्री

एजेन्सी ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् ।

इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने घोषणा पनि उनले गरेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियो हाल मिश्रको राजधानी कायरो भ्रमणमा छन् । सोही भ्रमणको क्रममा उनले सो कुरा बताएका हुन् ।

करिब तीन हप्ता पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक हटाउने घोषणा गरेका थिए । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयको आलोचना भएको थियो र सहयोगी देशहरु पनि निराश बनेका थिए ।

पोम्पियो हाल ट्रम्पको घोषणाबाट निराश बनेका देशहरुलाई भरोसा दिलाउन जुटेका छन् । उनले भनेका छन्, ‘अमेरिका आतंकविरुद्ध संघर्ष पूरा नभएसम्म फर्किने छैन । सुरक्षामा खतरा बनेका स्लामिक स्टेट समूह, अल कायदा र जिहादीलाई हराउनका लागि हामी मिलेर लड्ने छौं ।’

अमेरिकी विदेशमन्त्री पोम्पियोले पूर्वराष्ट्रपति बराक ओबामा नाम नलिइकन उनको मध्यपूर्व नीतिको आलोचना समेत गरेको बीबीसीले जनाएको छ ।

पोम्पियो भ्रमणमा रहेको मिश्रलाई मध्यपूर्वको महत्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रुपमा लिने गरिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org