ताजा समाचार

दोस्रो आरुघाट महोत्सव शुरु, महोत्सवमा के-के पाइन्छ ?

गोरखा । गोरखा बजार पछिको व्यापारिक केन्द्र आरुघाटमा दोस्रो आरुघाट महोत्सव शुक्रवारदेखि शुरु भएको छ । दोस्रो आरुघाट महोत्सवको एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

गोरखा उद्योग वाणिज्य संघ आरुघाट इकाइका अध्यक्ष विश्व कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस उपसभापति विमलेन्द्र निधि, नेता मिनेन्द्र रिजाल, राष्ट्रिय सभा काँँग्रेस प्रतिपक्ष दलका नेता सुरेन्द्राज पाण्डे ,गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सांसद हरिराज अधिकारी , काँग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।

महोत्सव उद्घाटनको अवसरमा आरुघाट घर भएका मनास्लु र सगरमाथा आरोहण गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र प्याराग्लाइडर बनाउने एक बहादुर आले लगायतका लाई सम्मान पनि गरेको छ । गोरखा उद्योग वाणिज्य संघ आरुघाट इकाइ र आरुघाट युवा क्लबले आयोजना गरेका महोत्सव आगामी माघ ५ गते सम्म चल्नेछ ।

महोत्सवका उदघाटनका क्रममा बोलेका अध्यक्ष दाहाल र नेपाली काँग्रेसका उपसभापति निधि लगायतका सत्तापक्ष र प्रतिपक्ष दुवै दलका नेताहरुले बुढीगण्डकी डुबान प्रभावितहरु पक्षमा आफूहरु लागि पर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org