ताजा समाचार

डा. केसीको स्वास्थ्यमा जटिल समस्या

काठमाडौँ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको चिकित्शकहरुले बताएका छन् । डा केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

शनिबारदेखि छातीमा समस्या देखिनुका साथै खोकी समेत बढेकोले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकहरुले सावधानी अपनाउन सहयोगीलाई सुझाइएको छ । संसदीय समितिले डा.केसीसँगको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह शुरु गरेका हुन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने माग डा. केसीले गरेका छन् ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम अघि बढाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्ना सुरु गर्नुपर्ने र निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने लगायत माग उनको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org