ताजा समाचार

प्रहरीको गोली प्रहारबाट रुपन्देहीमा एक व्यक्तिको मृत्यु

बुटवल।  रुपन्देहीको शंकरपुरमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृतक तस्कर समूहको एक सदस्य रहेको दाबी प्रहरीले गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

त्यसपछि जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको भनाइ छ । मारिनेमा करीब ३०/३५ वर्षका पुरुष छन् । मृतकको परिचय खुलेको छैन ।

प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

घटना राति करिब १२ बजे तिरको हो । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरी उपरीक्षक थापाकाे भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org