ताजा समाचार

चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया जाने

एजेन्सी ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।

दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै हङकङबाट प्रकाशित हुने द साउथ चाइना मोर्निङ पोष्टले लेखेअनुसार  आफ्नो पहिलो उत्तर कोरिया भ्रमणका लागि सी आगामी अप्रिलमा प्योङयाङ पुग्ने छन्।

यसअघि गत अक्टोबरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले चिनियाँ राष्ट्रपति सीले छिटै उत्तर कोरियाको भ्रमण गर्ने बताएका थिए।

अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।

यसअघि उनी सन् २००८ मा प्योङयाङ गएका थिए। त्यतिबेला सी उपराष्ट्रपति थिए। सन् २००५ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओको भ्रमणपछि चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छैनन्।

उत्तर कोरियाको भ्रमणपछि सीले मेमा दक्षिण कोरियाको भ्रमण गर्ने  बताइएको छ।

यसअघि पुस २४ गते उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक बेइजिङ आएका थिए। बेइजिङमा उनले राष्ट्रपति सीसँग राजनीतिक भेटवार्ता गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोस्रो वार्तापछि नेता किमले चिनियाँ राष्ट्रपति सीलाई प्योङयाङ निम्त्याएका हुन्।

ट्रम्प-किम दोस्रो शिखर वार्ता फेब्रुअरीको मध्यतिर हुने भनिए पनि मिति र स्थानको टुंगो लागेको छैन। ट्रम्पले भियतनाममा वार्ता गर्न प्रस्ताव गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org