ताजा समाचार

प्रचारका प्रविधिबारे बुझ्न नयाँ शक्तिका युवा भारत जाँदै

काठमाडौँ ।  नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न भारत भ्रमणमा जाँदैछ ।

प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टीमले भारतीय जनता पार्टी, भारतीय कांग्रेस, आम आदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टीमलाई भेटेर सूचना तथा सञ्चार प्रविधि, सञ्चार/प्रचार रणनीतिलगायतका विषयमा अध्ययन गर्नेछ ।

प्रचार विभाग प्रमुख पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको हेडक्वार्टरले पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो ।

भ्रमणमा सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे र दीपक महतो सहभागी हुनेछन् । भ्रमण १० दिनको हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org