ताजा समाचार

ग्लोबल आइएमई बैंक र इक्यानबीच सम्झौंता

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघले ग्लोबल आइएमई बैंकलाई आधिकारिक बैंक बनाएको छ। सोमबार बैंक र संघबीच सम्झौंता समेत भएको छ। सम्झौतापत्रमा संघका अध्यक्ष विष्णुहरि पाण्डे र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्माले हस्ताक्षर गरे।

संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो। यो सम्झौंता अनुसार संघसँग आबद्ध कन्सल्टेन्सीको सिफारिशमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सरल र सुलभ तरीकाले तीन कार्य दिनभित्रै शैक्षिक कर्जा दिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org