ताजा समाचार

कसरी पड्कियो गोंगबुमा ग्यास सिलिन्डर ?

काठमाडौँ ।  काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।

बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले तामाङको २ः४५ बजे मृत्यु भएको पुष्टि गरे ।

घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो । यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org