नेविसंघ महाधिवेशन : महर नेतृत्वको कार्यसमिती काम चलाउ, तदर्थ समिती बनाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दा समेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई महिनाका लागि म्याद थपिएको भए पनि नेतृत्वको असफलताले सिंगो नेविसंघ नै ध्वस्त हुने स्थितिमा पुगेको छ ।
दिइएको कार्यकाल बुधबार सकिएपछि अब माउ पार्टी नेपाली काँग्रेसले तदर्थ समिति बनाउने सम्भावना बढेको छ । विधानमा एक पटकमात्र तीन महिना म्याद थप्न सकिने व्यवस्था भए अनुसार सो समय दिइए पनि उक्त समयभित्र अधिवेशन गर्न नसकेपछि विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले दुई महिना समय थपेका थिए।
थपिएको समयभित्र १४ जिल्लामा मात्र अधिवेशन भएको थियो । अन्य जिल्ला संगसंगै क्याम्पसहरुमा अधिवेशन हुन सकेको छैन । तोकिएको समयभित्र १२औं महाधिवेशन नहुने निश्चित भएपछि केही समय अगाडि केन्द्रीय समितिका उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीसहित ५२ जनाले राजीनामा दिएका छन् । म्याद नथपिने भएकाले बाँकी पदाधिकारी तथा सदस्यहरुको पनि कार्यकाल बुधबारदेखि माघ १० गतेसम्म पार्टीले कामचलाउ रुपान्तरण गरेको छ।
तदर्थ समिति आउने सम्भावना दुई पटक थपिएको समयले पनि महाधिवेशन हुन नसकेपछि अब नेविसंघमा तदर्थ समिति आउने सम्भावना बढेको छ । संघको तदर्थ समिति गठन गर्ने वा फेरि समय थप्ने दुईवटा विकल्प मध्ये समय थपेर पनि अहिलेको कार्यसमितिले अधिवेशन गर्ने नदेखिएकाले अधिकांश नेताहरु तदर्थ समितिको पक्षमा रहेको बताइएको छ ।
धेरैले राजीनामा दिएकाले पनि अहिलेको कार्यसमिति विघटन हुने संभावना बढी रहेको नेताहरुको दावी छ ।अहिलेको समिति विघटन भएपछि पार्टीले तदर्थ समिति गठन गर्नु पर्ने भएकाले तदर्थ समितिको नेतृत्वका लागि विद्यार्थी नेताहरुले दौडधुप थालेका छन् ।
यी हुन् दावेदार
नेविसंघमा काँग्रेस गुटको छायाँ परेकाले सभापति देउवा पक्षबाट ऋषिकेशजङ्ग शाह,राजिव ढुङ्गाना, सरोज थापा, शुभराम बस्नेतलगायतले अध्यक्षको दावी गरेका छन्। यी नाम मध्ये पनि नेपाल विद्यार्थी संघलाई बलियो र संगठानिक हिसाबले शक्तिशाली बनाएको कारणले ऋषिकेशजङ्ग शाहलाई देउवा समुहले अध्यक्ष बनाउन चहान्छ।
शाहले नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनमा पौडेल समुहको पकड भएको बेला पनि देउवा पक्षको उम्मेदवारलाई बिजयी बनाउन गरेको योगदानका कारण पनि शाहलाई देउवा समुहबाट आउने तदर्थ समितिको अध्यक्ष बन्ने पक्का जस्तै भएको छ भने पौडेल पक्षबाट मनोजमणि आचार्य, मोति भण्डारी, दिपक भट्टराई, हिमालदत्त श्रेष्ठलगायतका नेताहरु मुख्य आकांक्षी रहेका छन् ।
त्यसैगरी कृष्णप्रसाद सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डेय, बलदेव तिमिल्सिना लगायतले अध्यक्षको दावी गरेका छन् । नयाँ नेतृत्वले संघको महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने मुख्य दुई जिम्मेबारी पाउनेछ ।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...