ताजा समाचार

इलाममा अनशनरत डा केसीको अवस्था गम्भीर

इलाम। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहित डाक्टरहरुको टोली इलाम पुगेर अनशनरत  डा.गोविन्द केसीको उपचारमा जुटेको छ। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोली इलाम आएको छ। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा आज साँझ इलाम आइपुगेको टोलिले डा केसीको स्वास्थ्य परीक्षण गरेको छ।

परीक्षणपछि पत्रकारलाई जानकारी गराउँदै डा. बिकास शाहले डाक्टर केसीको अवस्था गम्भिर बनेकोले उहाँको ज्यान एकदमै खतरामा रहेको बताए । उहाँलाई कुनैपनि समयमा जेपनि हुनसक्ने भन्दै उहाको मुटु, घाँटी, पेट, टाउको लगायत सबैमा समस्या देखिएको र अवस्था एकदमै गम्भिर बनिसकेको डाक्टर बिकास शाहले जानकारी दिए।

सत्याग्रहमा बस्नु भएका प्राध्यापक डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि इमरजेन्सिका लागि आवश्यक सम्पूर्ण सामानहरु ल्याएपनि त्यो केही समयका लागि मात्र हुने हुँदा डाक्टर केसीलाई तत्काल सुबिधासम्पन्न अस्पतालमा लगि सिसियू तथा आइसियूमा उपचार गराउनुपर्ने सुझाव डाक्टर शाहको सुझाव छ।

इलाममा ८ दिनदेखि  सरकारसग बिभिन्न माग राखि अशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेसगै उनलाई इलाम अस्पतालमा लगेर उपचार सुरु गरे पनि भ्याटिलेटर लगायत अति आवश्यक उपकरण इलाम अस्पतालमा नभएकोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोली इलाम पुगेर उपचार थालेको हो। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलाम पुगेको हो । चिकित्सक टोलीले पुगे लगत्तै डा केसीको उपचारमा खटिएको छ।

सो टोलीमा डा. बिकास सहित कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारी लगायत ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्स तथा पोर्टेवल भेन्टिलेटर, इसिजी, एडीवी मेसिन, पल्सअक्सिमेट्री, आकस्मिक उपचारमा चाहिने औषधिलगायतका सामाग्रीसहित समेत लिएर आएको बताइएको छ। उहाको अवस्था निक्कै कमजोर देखिएको छ। हामी मुटु लगायत थप परिक्षण गर्दैछौ।

सरकारले सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक पेश नगरेर, नेपाली जनतालाई धोका दिएको भन्दै डा केसी अनशन बस्दै आएका छन् । उनको मागलाई बिभिन्न ठाउँबाट समर्थन आइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org