ताजा समाचार

प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड प्रस्थान गर्दै

काठमाडौँ।   प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने हुनुभएको छ ।

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नुभएको हो ।

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने छ । भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा र उच्चअधिकारी रहनुहुनेछ । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने परारष्ट्र मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org