खोज पत्रकारिताको रिपोर्टमा सत्यता नभएको व्यवसायीहरूको दाबी
काठमाडौँ । ५५ जना नेपालीले विश्वका विभिन्न बैंकमा अवैध रकम राखेको र लगानी गरेको विषय सार्वजनिक भएपछि उद्यमी ब्यवसायीहरु तरङिगत बनेका छन । कतिपय ब्यवसायीहरुले पत्रकार सम्मेलन गरी उक्त बिषयको खण्डन गरेका छन । ब्यवसायीहरुले आफुहरुले गलत तरिकाबाट काम गरेको प्रमाण भेटिए सरकारले जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन ।
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संगठन ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) र खोज पत्रकारिता केन्द्र नेपालले गरेको अनुसन्धानबाट ५५ नेपालीको ५४ अर्ब रुपैयाँ विदेशी बैंकमा राखेको खुलासा गरेको हो । करछलीको उद्देश्यले विदेशी बैंकमा रकम राखेको र लगानी गरेको उल्लेख गरिएको छ । विदेशी बैंकमा पैसा राख्ने, विदेशमा कम्पनी खोल्ने र वैदेशिक लगानी भन्दै अवैध रकम नेपाल भित्र्याउने गरेको रिपोर्टमा उल्लेख छ । तर व्यवसायी राजेन्द्र बजगाईले भने सार्वजनिक भएको रिपोर्ट नै गलत भएको दावी गरेका छन् ।
कर छली गर्न विदेशमा लगानी गरेकोमा मुछिएका एक व्यवसायी चन्द्र प्रसाद ढकालले भने पत्रकार सम्मेलन गरेरै खण्डन गरेका छन् । आइएमई गु्रपका अध्यक्ष ढकालले कुनैपनि ट्याक्स हेभन अर्थात् कर छली मुलुकबाट आफूले लगानी नभित्र्याएको दावी गर्दै आफुले गरेका कुनैपनि काम गलत भए सरकारलले गर्ने जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाले सामान्यतया नेपाली नगरिकले विदेशमा लगानी गर्नै पाइँदैन । गर्ने परेपनि त्यसका धेरै प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको अनुमतिविना कुनैपनि देशमा लगानी गर्न पाइँदैन ।
गैरआवासीय नेपालीले भने स्रोत स्पस्ट पारेर विदेशमा लगानी गर्न पाउँछन् । जसरी रिपोर्टहरु सार्वजनिक भएका छन त्यसमा सत्यता छ भने र विदेशमा लगानी गरेको भए त्यो कर छलिको नियतबाट प्रेरित भएर काम गरेको हुन सक्ने सम्पत्ति शुद्धिकरण विभागका सूचनाअधिकारी विनोद लामिछानेको ठहर छ ।
Comments
अरु समाचार
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
नौ महिनामा सत्र हजार आँखाको शल्यक्रिया
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका...
-
तेमालमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ,...
-
बालाजु बाइसधारा मेला सुरु
काठमाडौ । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...