ताजा समाचार

‘संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै’

काठमाडौँ । ‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् ।

नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो ।

बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो, प्रो कार्ड बिना मिस्टर ओलम्पियामा भाग लिन पाउँदैन”, गुरुङले भन्नुभयो ।

त्यसैका लागि तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गर्न लाग्नुभएको हो ।

आगामी फागुन ३–४ मा प्रज्ञा भवनमा आयोजना हुने ‘प्रो क्वालिफायर’मा अतिथिको रुपमा विङलार काठमाडौँ आउन लागेका हुन् । विङ्कलार बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र हुन् । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर’ छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org