नेपाल उपविजेतामै सीमित: आयोजक थाइल्याण्डसँग ७० रनले पराजित
काठमाडौँ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ ।
टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् ।
पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच तथा कप्तान रुबिना क्षेत्री पाँच करुना भण्डारी चार रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो ।
यअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।
समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको थियो । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजिक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पुरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । (रासस)
Comments
अरु समाचार
-
एसीसी प्रिमियर कपः नेपालले आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा...
-
एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको...
-
आईपिएल: पञ्जाब किंग्सलाइ मुम्बई इन्डियन्सले ९ रनले हरायो
काठमाडौं। पञ्जाब किंग्समाथि मुम्बई इन्डियन्सले ९ रनको जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति टस हारेर सुरुमा ब्याटिङको...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
साउदी अरेबियालाई छ विकेटले पराजित गर्दै नेपाल सेमिफाइलन प्रवेश
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ...
-
नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेन
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन ।...
-
एसीसी प्रिमियर कपमा आज नेपाल र साउदीबीच भिडन्त
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक...
-
आईपीएलमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, आज कोलकता र राजस्थान खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएको छ । गए राति हैदराबादले...
-
नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित
काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल...