ताजा समाचार

यी हुन प्रहरीले सप्तरीमा इन्काउन्टर गरेर मारेका युवा !

काठमाडाैं । प्रहरीको इन्काउन्टरमा एक जना युवा मारिएका छन् ।

सप्तरीमा आज बिहान प्रहरीको खोजी सुचिमा रहेका दीपेन्द्र जैसवाल इन्काउन्टरमा मारिएको जनाइएको छ ।

प्रगतिशील तराई मुक्ति मोर्चाको संयोजक बताउदै आएका जैसवाल इन्काउन्टरमा मारिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरि पालले न्युज-नेपालसंगको कुराकानीमा बताए। डिआइजी पालले भने, ‘गस्तीमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा उनको मृत्यु भएको हो।’

जैसवालको टाउकोमा गोली लागेको छ। केही दिनअघि सप्तारीमा प्रहरी हवल्दारमाथि गोली प्रहार गरी जैसवाल फरार रहेको प्रहरीको दाबी छ । २०७२ मा प्रहरी रमेश सुब्बामाथि गोली हानी हत्या गरेको आरोपका साथै २०७४ मा प्रहरीको मोबाइल गाडीमा एम्बुस थाप्ने जैसवाल प्रहरीको खोजी सूचीमा थिए ।

सिराह नगरपालिका १५ सुखचैनामा प्रहरीको खोजी सूचीमा रहेका यादवलाई नियन्त्रण लिन गोली चलाइएको दाबाी प्रहरीको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org