ताजा समाचार

गाउँपालिकाका सबै सेवा मोबाइल एप्समा !

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।

गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (Kispang) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ ।

“जनतालाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शीरूपमा उपलब्ध गराउन एप्स सुविधा सञ्चालनमा ल्याएका हौँ”, लामाले भने, “घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्ने व्यवस्था मिलाइएको छ ।”

नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये पहिलोे गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालिकाले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत रु ५० हजार लगानीमा एप्स तयार गरेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org