ताजा समाचार

नेपालको खराब प्रदर्शन, युएइलाई दियो १ सय १४ रनको लक्ष्य

काठमाडौं ।

युएइमा जारी एकदिवशिय क्रिकेटमा नेपालले युएइलाई १ सय १४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो ।

नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए । त्यस्तै विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसीले ३ रन जोडेर आउट भए ।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी खाता नखोली सुन्य रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३÷३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org