ताजा समाचार

नेपाललाई पहिलो सफलता, करन केसीले लिए विकेट

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य पच्छ्याइरहेको युएइले पहिलो विकेट गुमाएको छ ।

दोस्रो ओभरको पाँचौ बलमा नेपालका लागि करन केसीले विकेट लिएका हुन् । युएइले ३ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा ६ रन जोडेको छ ।

यसअघि आईसीसी एकेडेमीमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org