ताजा समाचार

नेपाल भर्सेस युएइः दोस्रो एकदिवसीयमा नेपालको ब्याटिङ सुधारिएको संकेत

युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो एकदिवसीय खेलमा ब्याटिङ सुधारको संकेत दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ११ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ४२ रन जोडेको छ ।

नेपालका ओपनरद्वय ज्ञानेन्द मल्ल र विनोद भण्डारीले क्रमसः २५ र १६ रन बनाएर खेलिरहेका छन् । २८ बल खेलेका मल्लले
३ चौकाको मद्धतमा २५ रन जोडेका हुन् । भण्डारीले ३९ बल खेल्दै २ चौका प्रहार गरेका छन् ।

यसअघि शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण ३ विकेटले पराजित हुनपुगेको थियो।

आजको खेल जितेमा नेपालको सिरिज जित्ने आशा कायमै रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org