ताजा समाचार

नेपाललाई तेस्रो झड्का

युएइमा जारी दोस्रो एकदिवसीय खेलमा अहिले नेपालले युएइविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ ।

ऐरी १० रन बनाएर आउट भए । यसअघि दोस्रो विकेटको रुपमा ओपचार ज्ञानेन्द्र मल्ल ४४ रन बनाएर आउट भए ।

नेपालले यो समाचार तयार पार्दासम्म २३ ओभरको खेल सकिँदा ८८ रन जोडेको छ । सिरिज जित्नका लागि आजको खेलमा नेपालले जित्नैपर्ने दवाव छ ।

यसअघि शुक्रबार भएको खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org