ताजा समाचार

नेपालले युएइलाई दियो २४३ रनको लक्ष्य

काठमाडौं ।

युएइ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शुक्रबारको तुलनामा सुधारिएको प्रर्दशन गरेको यद्यपी शनीबारको खेलमा मध्यक्रमका ब्याट्सम्यानहरुले भने सोचे जस्तो प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले रोहित कुमार पौडेलको अर्धसतकको मद्धतमा युएइलाई २ सय ४३ रनको लक्ष्य दिएको छ । नेपालका लागि पौडेलले ५८ बलमा ५५ रन बनाए । शुक्रबारको खेलमा शूनय रनमा आउट भएका ओपनर ज्ञानेन्द्र मल्ले आजको खेलमा ४४ रनको योगदान दिए । आरिफ शेखले २९ रन जोड्दा कप्तान पारस खड्का र विनोद भण्डारले समान २१ रन बनाए ।

करन केसीले २ छक्का र १ चौकाको मद्धतमा १८ रन बनाए । सन्दीप लामिछानेले २ चौकाको सहयोगमा १४ रन जोड्दा ललित राजवंशीले ५ बलमा ३ रनमात्र जोडेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org