ताजा समाचार

युएईविरुद्धको दोस्रो एकदिवसीयमा नेपालको फराकिलो जित

युएइ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ सय ४५ रनले विजयी भएको छ । १ सय ४३ रनको लक्ष्य पचछ्याएको युएइलाई नेपालका बलरहरुले १९ दशमलव ३ ओभरमा अल आउट गरे । युएइले अलआउट हुनुपूर्व १९ ओभर ३ बलमा ९७ रन मात्रै बनाउन सक्यो ।

आजको जितसँगै सिरिजमा नेपालले १—१ को बराबरीमा गरेको छ ।

युएइको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका सोमपाल कामीले सुरुवाती ४ सहित ५ विकेट लिएर युएइका ब्याट्सम्यानहरुलाई दबाबमा पारेका थिए । त्यस्तै सन्दिप लामीछानेले पनि ४ विकेट लिए । १९ बलमा १९ रन जोडेर विष्फोटक सुरुवाती गरेका महोम्मद नाभिदलाई करन केसीको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गरे ।

पहिलो ब्याटिङ गरेको नेपालले रोहित कुमार पौडेलको अर्धसतकको मद्धतमा युएइलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । नेपालका लागि पौडेलले ५८ बलमा ५५ रन बनाएका थिए । शुक्रबारको खेलमा शूनय रनमा आउट भएका ओपनर ज्ञानेन्द्र मल्ले आजको खेलमा ४४ रनको योगदान दिए । आरिफ शेखले २९ रन जोड्दा कप्तान पारस खड्का र विनोद भण्डारले समान २१ रन बनाए ।

करन केसीले २ छक्का र १ चौकाको मद्धतमा १८ रन बनाए । सन्दीप लामिछानेले २ चौकाको सहयोगमा १४ रन जोड्दा ललित राजवंशीले ५ बलमा ३ रनमात्र जोडेका थिए ।

आजको जितसँगै नेपालले सिरिज जित्ने आशा जिवितै राखेको छ । शुक्रबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अन्तिम म्याच पर्सि हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org