ताजा समाचार

नेपाललाई दोस्रो झड्का

काठमाडौं । युएइमा जारी तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा अहिले नेपाल र युएइ भिडिरहेका छन् । नेपालले अहिले यूएईले दिएको २५५ रनको चुनौती पछ्याइरहेको छ ।

नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । ज्ञानेन्द्र ३१ रनमा आउट भए ।

यसअघि पहिलो विकेटको रुपमा विनोद भण्डारी ९ रनमा आउट भएका थिए ।

१५ ओभरको खेल चलिरंहदा नेपालको स्कोर दुई विकेटको क्षतिमा ८१ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org