टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका करिब पाँच हजार कार फिर्ता लिने
बेइजिङ । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ ।
टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।
“टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६८१ गाडीहरूलाई फिर्ता लिनेछ,” टोयटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अगाडीको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्याभएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाटा व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो ।
टाकता एअलव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५०सी नामक कारलाई फिर्ता गर्न लागिएको हो ।
कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विनाशुल्क यसलाई फेरिदिने बताएको छ । सिन्ह्वा
Comments
अरु समाचार
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...
-
कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल
एजेन्सि। कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्ट सन् २०२४ का निम्ति विश्वकै सबैभन्दा उत्कृष्ट एयरपोर्टको सूचीमा परेको छ । यो सूचीमा...
-
सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल सेमिफाइनलमा
काठमाडौँ। साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न...
-
भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता
काठमाडौं । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन्...
-
सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सर्न सक्छ–इम्यानुएल म्याक्रोन
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह सिन नदीबाट राष्ट्रिय रङ्गशालामा सार्न सकिने सोमबार...