ताजा समाचार

भारतबाट अवैध चल्ला निकासी क्रम बढ्दो, जितपुरमा ५ हजार चल्ला नष्ट

कलैया । वीरगञ्जबाट नारायणघाट ल्याउँदै गरेको करीब पाँच हजार कुखुराका चल्ला जितपुरको गढीमाई चोकबाट बरामद गरिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका, जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पले त्यति परिमाणको चल्ला बरामद गरेको हो ।

गढीमाई चोकमा जाँच गर्दै रहेको अवस्थामा भारतबाट अवैधरूपमा भन्सार छली ब्रोइलर कुखुराको चल्ला आउँदैछ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरीका प्रमुख निरीक्षक रामबहादुर बस्नेतको टोलीले बरामद गरेको हो ।

चल्ला बोकेको ना ५ ख ६५०९ नम्बरको मिनीट्रक र ट्रकलाई सुरक्षा दिँदै आएको ना ६३ प ५९०० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको निरीक्षक बस्नेतले जानकारी दिए । सशस्त्र प्रहरी बेसक्याम्पको परिसरमा खाल्टो खनी कुखुराको चल्ला पुरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org